छोराको जन्मदिनमा राजेश पायल राइको यस्तो शुभकामना


राजेशपायल राई र साङबुङ राईको वैवाहिक जीवन छोटो समयमा नै अन्त्य भयो । वैवाहिक जीवनको टुंगिए पनि दुवैको एक सन्तान रहेका छन्। छोरा ‘सायारेम’ को आज जन्मदिन रहेको छ। उनी दुई बर्ष पुगेका छन् ।

महँगो डिभोर्स गरेका राजेशपायलले छोराको खर्च समेत आफुले बेहोरिरहेका छन्। साङबुङ राईसंग बस्ने छोराको जन्मदिनमा राजेशले गीत सार्वजनिक गरेका छन् । उनले ‘सायारेम’ बोलको गीत निकालेका छन् ।

छोरालाई जन्मदिनको शुभकामना दिदै राजेश लेख्छन्, ‘सबको भलो होस् सबको आशिस लागोस, ठूलो मान्छे बन्नु तिमि,रिस राग त्याग्नु तिमी
जन्मदिन को सुभकामना ‘

सार्वजनिक गीतमा राजेशको नै शब्द, संगीत र स्वर रहेको छ। गीतको भिडियोमा छोरा का विभिन्न पलहरु कैद गरेर प्रस्तुत गरिएको छ। गीतको शब्दले छोराप्रतीको उनको प्रेम दर्शाउछ ।

प्रतिक्रिया दिनुहोस्