पूजाको ‘दान्भी’ लाई मल्टिप्लेक्सको उत्साहजनक शो


शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दान्भी’ ले उत्साहजनक शो पाएको छ। बुधबारदेखि मल्टिप्लेक्स हलहरूले चलचित्रको अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन् ।


क्युएफएक्सनले पहिलो दिनका लागि यो चलचित्रलाई काठमाडौंमा १६ र बाहिर ३१ शो उपलब्ध गराएको छ। आईएनआई १२, वान सिनेमाज ७, बिग मुभिज ४, एफक्युब, बिएसआर, रन्जनालगायतका मल्टिप्लेक्स हलमा पनि चलचित्रले उत्साहजनक शो पाएको छ। उपत्यका बाहिर बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, दमौली लगायतका प्रमुख सहरसहित ५५ वटा हलमा यो चलचित्र रिलिज हुँदैछ ।


रूपेश तामाङको निर्देशनमा बनेको चलचित्रमा अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेकी छन्। चलचित्रमा पूजाको अलावा कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको पनि अभिनय छ। चलचित्रमा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन् । चलचित्रमा रविना थापा मगरको कथा, हरिप्रसाद घलेको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्