‘बुलाकी’ निर्देशकलाई लिएर ‘बन्दि’ निर्माण गर्दै सुशील


निर्माता सुशील पोखरेलले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । पछिल्लो चलचित्र ‘राधे’ पछि निर्माणमा मौन बसेका सुशीलले ‘बन्दी’ नामक चलचित्र निर्माणको घोषणा गरेका हुन् ।


चलचित्रमा ‘बुलाकी’ फेम्ड निर्देशक लक्ष्मण सुनारको निर्देशन रहनेछ । निर्माण पक्षका अनुसार हाल चलचित्रका कथामा काम भइरहेको र केही महिनापछि छायांकन सुरु गरिनेछ । निर्माता सुशीलले सामाजिक सञ्जालबाट चलचित्र निर्माणको घोषणा गरेका हुन् ।
चलचित्रको कथा सुशील देवकोटाले लेखिरहेका छन् । सुशीलले यसअघि ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडीगार्ड’, ‘लभ सब’, ‘राधे’, ‘यात्रा’ लगायतका चलचित्र निर्माण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्