‘राठीकोल’ को ब्रान्ड एम्बासडरमा राजेश हमाल


‘महानायक’ राजेश हमाल राठी ग्रुपको एक प्रमुख उत्पादन ‘राठीकोल’ को ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। मङ्गलवार काठमाडौंको मेरियट होटेलमा आयोजित एक पत्रकार भेटघाटमा राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनहरू मार्फत यसको प्रचार गर्नेछन्।

हमाललाई एम्बासडर नियुक्त गरेपश्चात् राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठीले ब्रान्ड एम्बासडरको रूपमा स्वागत गर्दै यो सहकार्यले नेपाली चलचित्र र समाजको लागि महानायकको प्रतिबद्धता र ‘राठिकोल’को उत्कृष्टताको प्रतिबद्धतासँग उत्तम रूपमा मेल खाने विश्वास व्यक्त गरे।

अभिनेता हमालले ‘राठीकोल’ लाई ‘नेशनल प्राइड’को रूपमा सम्बोधन गर्दै नेपालमा यो गुणस्तरको उत्पादन हुनु सबै नेपालीको लागि गर्वको कुरा रहेको बताए।

राठीकोलसँगको सहकार्यबारे बोल्दै हमालले भने, “यो बिन्दुमा आएर यो ब्रान्डसँग जोडिन पाउँदा निकै खुसी लागेको छ। कुनै एउटा उत्पादनले जुन विश्वास उपभोक्तामा दिलाएर बसेको छ, त्यो ब्रान्डसँग सहकार्य गर्न पाउनु गर्वको कुरा हो। मैले मात्र यो ब्रान्डलाई खोजेको छैन, यो ब्रान्डले पनि मलाई खोजेको छ। म आभारी छु।”

राठीकोलका सिइओ योगेश राठीले हमालको चलचित्र यात्रा र राठीकोलको उत्पादनको यात्रा बराबर ३५ वर्ष रहेको उल्लेख गर्दै निरन्तर सहकार्यमा रहने बताए।

प्रतिक्रिया दिनुहोस्