महेश र अस्मिताले दुबईमा गरे इन्गेज्मनेट


गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन्। दुबई पुगेर अस्मिता र महेशले इन्गेजमेन्ट गरेको तस्विर सार्वजनिक गरेका हुन्। केहि बर्षबाट प्रेममा रहेको यो जोडीले आफ्नो प्रेमलाई भने गोप्य राख्दै आएको थियो।

रियालिटी शो हुँदै गायनमा आएकी अस्मिता नेपाली गायन क्षेत्र पछिल्लो समयकी सफल गायिका हुन्। लगातार हिट गीत दिदै आएकी अस्मिता देश र विदेशका कार्यक्रमको पनि उत्तिकै व्यस्त रहदै आएकी छिन्। बाल गायक हुँदै टेलिभिजन कार्यक्रम प्रस्तोता भएका महेश पछिल्लो समय गायनमा सक्रिय रहेका छन् ।

आफ्नै संगीत र स्वरमा गीत निकाल्ने महेशका पछिल्लो समय हिट गीतहरु रहेका छन्। महेश र अस्मिता दुवैले बिबाहको मिति सार्वजनिक गरेका छैनन्। तर यहि बर्ष दुवैले विवाह गर्ने सुनिएको छ।

प्रतिक्रिया दिनुहोस्