बोक्सीको घर: नेपालमा ५१ दिन अष्ट्रेलियामा सेलिब्रेसन


चलचित्र ‘बोक्सीको घर’ ले प्रदर्शनको ५१ औं दिन पार गरेको छ। वैशाखको १४ गतेबाट रिलिज भएको चलचित्रले काठमाडौंको रञ्जना सिनेप्लेक्समा ५१ दिन मनाएको हो। नेपालमा चलचित्रले ५१ दिन मनाउदै गर्दा चलचित्रकी निर्मात्री, अभिनेत्री केकी अधिकारी अष्ट्रेलियामा रहेकी छिन्।

केकीले अष्ट्रेलियामा नै केक काट्दै फिल्मले ५१ दिनको खुशी साटेकी छन् । अष्ट्रेलियाको एक हलमा बिशेष शो आयोजना गरिएको चलचित्रका दर्शकसंगै केकीले केक काटेकी हुन्। केकीले सामाजिक संजाल इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै सबैलाई धन्यवाद समेत दिएकी छिन् ।
चलचित्रमा केकी अधिकारीको साथमा रमा थपलिया, सुलक्षण भारती, सुपला सापकोटा लगायतका कलाकारको अभिनय छ । नेपालमा मात्रै १० करोड माथीको व्यापार गरेको आंकलन गरिएको चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्