नाजिर र आस्थाको हातबाट ‘नील डेविड्स सलून’ को उद्घाटन


नेपालका सेलिब्रेटी स्टाइलिष्ट नील डेविड कटवालको ‘नील डेविड्स सलून’ को नयाँ फ्रेन्जाइजी काठमाडौंको पेप्सिकोला नजिकै दिव्यश्वरी प्लानिङमा सञ्चालनमा आएको छ । शुक्रवार आयोजित एक विशेष समारोहमा नील डेविड कटवाल, अभिनेता नाजिर हुसैन र गायिका आस्था राउतले संयुक्त रुपमा रिबन काट्दै सलूनको उद्घाटन गरेका हुन् । युवा उद्यमी नविन बस्नेतद्वारा सञ्चालित यो सलूनमा हेयर स्टाइलिङका सम्पूर्ण सेवाहरु उपलब्ध छन् ।


भारतमा समेत उत्तिकै लोकप्रिय स्टाइलिष्ट नील डेविडले दिव्यश्वरी प्लानिङमा सञ्चालनमा आएको आफ्नो नयाँ सलूनले उत्कृष्ट सेवा प्रदान गरेर यो क्षेत्रका युवा–युवतीदेखि हरेक उमेरका व्यक्तिलाई सुन्दर बनाउन मेहनत गर्ने धारणा व्यक्त गरे ।

सलून उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै अभिनेता नाजिर हुसैनले स्टाइलिस नीलडेविडको लक्ष्मीपूर, झापादेखि काठमाडौंसम्मको संघर्षको यात्रालाई स्मरण गर्दै आज नेपाल तथा भारतका झण्डै एक सय भन्दा बढी सलूनमार्फत पाँच हजार भन्दा बढी युवा–युवतीहरुलाई रोजगार दिन सफल भएकोमा वधाइ ज्ञापन गरे ।

अभिनेता हुसैनले अहिल हरेक व्यक्तिलाई स्मार्ट, सुन्दर, आकर्षक हुन मन लाग्ने भएकाले दिव्यश्वरी प्लानिङमा सञ्चालनमा आएको सलूनले यो क्षेत्रका युवा–युवतीहरु अझ सुन्दर तथा आकर्षक हुने विश्वास व्यक्त गरे ।

टेलिभिजनकर्मी सुष्मा लामाद्वारा सञ्चालित उक्त कार्यक्रममा शुभकामना मन्तब्य दिँदै गायिका आस्था राउतले हृेयर स्टाइलिस नीलडेविड कटवालको नाम नै काफी भएको बताइन् । ‘एउटा नेपाली भएर नेपालमा होइन भारत र विश्वका विभिन्न देशहरुमा उत्तिकै प्रख्यात हुनुहुन्छ, गायिका राउतले भनिन्– ‘नीलडेविड्स सलूनले उपलब्ध गराउने सेवा पनि विश्वस्तरीय नै पाएकी छु । नयाँ सलूनलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्