‘डी सिने अवार्ड’मा ‘मारुनी’ उत्कृष्ट , केकी र पुष्प उत्कृष्ट नायक / नायिका


शनिबार धुलिखेलमा ‘१२ औं डी सिने अवार्ड’ सम्पन्न भएको छ । उक्त अवार्ड समारोहमा चलचित्र ‘मारुनी’ उत्कृष्ट चलचित्र बनेको छ। २ बर्ष अगाडि रिलिज भएका चलचित्रहरुलाई समावेश गरेर आयोजना गरिएको अवार्डमा मारुनीले उत्कृष्ट चलचित्रसंगै निर्देशक नवल नेपाल, नायक पुष्प खड्का, छायांकार संजय लामा, गायक कृष्ण काफ्ले, कथा लेखक गोविन्द फुयाँलले पनि अवार्ड जिते । अवार्ड समारोहमा ‘छ माया छपक्कै’ फिल्मले ८ विधा र ‘साङ्लो’ले ६ विधामा अवार्ड जितेका थिए ।
नायिका तर्फ केकी अधिकारीले ‘छ माया छपक्कै’बाट अवार्ड जित्दै गर्दा जुरी अवार्डतर्फ यही चलचित्रबाट निर्देशक दीपेन्द्र लामाले अवार्ड जिते । पपुलर चलचित्र अवार्ड पनि ‘छ माया छपक्कै’ ले नै जित्यो ।

कार्यक्रममा ‘लाइफटाइम लिजेन्ड्री अवार्ड’ नेपाली चलचित्रकी पहिलो नायिका भूवन चन्दलाई प्रदान गरियो । उनलाई नगद २५ हजार, सम्मान पत्र प्रदान गरिएको थियो ।

छायाँछवि चलचित्रकर्मी रजत सम्मान अभिनेता विजय लामा र झरना थापालाई प्रदान गरियो । यस्तै, छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार रंग पत्रकार विष्णु सुवेदीलाई नगद १२ हजार २ सय २२ रुपैयाँसहित प्रदान गरियो ।
कलाकार मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ र नायिका शोभिात सिंखडा अवार्डको जुरी थिए ।

विभिन्न २७ विधामा प्रदान गरिएको अवार्डका विजेताहरुको नाम यसप्रकार छः

१. उत्कृष्ट पाश्व संगीत ः एलिस कार्की ः साङ्लो

२. उत्कृष्ट ध्वनीमिश्रण ः अमित श्रेष्ठ ः जात्रै जात्रा

३. उत्कृष्ट गीतकार ः राजेन्द्र थापा – जुनको जुनेली ः छ माया छपक्कै

४. उत्कृष्ट पाश्र्व गायिका ः इतु जोजीजु – बिर्सन सकिन ः मखमलीमखमली

५. उत्कृष्ट पाश्र्व गायक ः कृष्ण काफ्ले – हाने मैले झटारो ः मारुनी

६. उत्कृष्ट चलचित्रलोक संगीत संगीतकार ः बसन्त थापा – जुनको जुनेली ः छ माया छपक्कै

७. उत्कृष्ट संगीतकार ः अर्जुन पोखरेल – सुन्यौ की सुनेनौ ःलभ डायरीज

८. उत्कृष्ट नृत्य निर्देशक ः कविराज गहतराज – एम जी रोडैमा ः हजार जुनीसम्म

९. उत्कृष्ट द्वन्द्व निर्देशक ः श्री श्रेष्ठ ः साङलो

१०. उत्कृष्ट हाँस्यकलाकार ः केदार प्रसाद घिमिरे ः छ माया छपक्कै

११. उत्कृष्ट खलपात्र ः प्रकाश शाह ः साङ्लो

१२. उत्कृष्ट कथा ः गोविन्द फूयांल ः मारुनी

१३. उत्कृष्ट पटकथा ः आशुतोष राज श्रेष्ठ ः जाईरा

१४. उत्कृष्ट सम्वाद ः रामबाबु गुुरुङ÷उपेन्द्र सुब्बा ः कबड्डी कबड्डी कबड्डी

१५. उत्कृष्ट नव–नायिका ः रुवीना थापा ः लभ डायरीज

१६. उत्कृष्ट नव–नायक ः अंकीत शर्माः रातो टीका निधारमा

१७. उत्कृष्ट नव–निर्देशक ः विराज भट्ट ः साङ्लो

१८. उत्कृष्ट चरित्र अभिनेत्री ः मिथिला शर्मा ः आमा

१९. उत्कृष्ट चरित्र अभिनेता ः माओत्से गुरुङ ः कबड्डी कबड्डी कबड्डी

२०. उत्कृष्ट सह–अभिनेत्री ः स्वस्तीमा खड्का ः हजार जुनीसम्म

२१. उत्कृष्ट सह–अभिनेता ः जीतु नेपाल ः छ माया छपक्कै

२२. उत्कृष्ट छायाँकार ः सञ्जय लामा ः मारुनी

२३. उत्कृष्ट सम्पादक ः बिपिन मल्ल ः छ माया छपक्कै

२४. उत्कृष्ट अभिनेत्री ः केकी अधिकारी ः छ माया छपक्कै

२५. उत्कृष्ट अभिनेता ः पुष्प खड्का ः मारुनी

२६. उत्कृष्ट निर्देशक ः नवल नेपाल ः मारुनी

२७. उत्कृष्ट फिल्म ः मारुनी ः पुनम इन्टरटेनमेन्ट प्रा.लि.

प्रोत्साहन अवार्ड ः क्षितिज सुवेदी ः वीर विक्रम २

साउण्ड एडिटर ः किशोर आचार्य ः सानो मन

भिएफएक्स आर्टिस्ट ः समिर मियाँ ः साङ्लो

वर्षको पपुलर गायिका ः मिलन नेवार ः चरीले काफल साङ्लो

निर्देशक : दीपेन्द्र लामा , छ माया छपक्कै

पपुलर फिल्म : छ माया छपक्कै , रोहित अधिकारी फिल्म्स् एण्ड आमा सरस्वती मूभिज् प्रा.लि

प्रतिक्रिया दिनुहोस्