शिल्पाको ‘देवी’ रिलिज तय


शिल्पा मास्के मुख्य भूमिकामा रहेको चलचित्र ‘देवी’ ले रिलिज मिति तय गरेको छ। निर्माण टिमले पोष्टर सार्वजनिक गर्दै भदौ २१ लाई रिलिज मिति तय गरेको छ।

संजोग राईले निर्देशन गरेको चलचित्रमा रेमन गुरुङ, नारायण राई र संजोग राइको लगानी छ। जोइल फ्रोमको छायांकन रहेको चलचित्रलाई सन्तोष दवाडीले सम्पादन गरेका छन्। जावेद खान कार्यकारी निर्माता रहेको चलचित्रमा अजय गौतम र संजोग राइको पटकथा छ ।

शिल्पा आफ्नो क्यारेक्टर मार्फत दर्शकलाई सप्राइज दिने गर्छिन्। चलचित्र ‘परस्त्री’ मा उनले निर्वाह गरेको भूमिका तारिफयोग्य रहेको थियो । चलचित्रको पोष्टरले उनको यो चलचित्रमा अर्को सशक्त भूमिका देख्न पाउने आंकलन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्