‘छक्का पन्जा’ टिम बाहिर कस्तो छ जितुको चलचित्र यात्रा?


जितु नेपाल टेलिचलचित्र ‘जिरे खुर्सानी’ निर्माण, निर्देशन र अभिनयमा सफल रहेका थिए। यो टेलिचलचित्रले दर्शकको मनमा घर मात्र बनाउन सफल भएन जितु नेपालको करियर पनि उचाईमा पुर्यायो। कमेडी कलाकारलाई साइड रोलमा मात्र सिमित राख्ने चलचित्र क्षेत्रमा कमेडी कलाकारको टीमअपले छक्का पन्जा जस्तो सफल सिरिज जन्मायो र कमेडी चलचित्रको व्यापार र कलाकारको सम्मान झन उच्च स्थानमा पुर्यायो।

दिपकराजा गिरी, दिपाश्री निरौला, केदार घिमिरे र जितु नेपाल छक्का पन्जा सिरिजका मुख्य मेरुदण्ड थिए। दिपाश्रीको एक विवादपछि जितुले आफ्नो चर्चित कार्यक्रमबाट दिपाश्री निरौलालाई बिदा गरे। दिपाश्री बाहिरी पछि कहिले पनि उक्त शोले सोचेको सफलता हासिल गर्न सकेन र अहिले शो बन्द रहेको छ। दिपाश्री कायर्क्रमबाट आउट हुँदा जितु चलचित्रको समुहबाट बाहिरिए। जितु बहिरिएपछि चलचित्रमा अभिनयको व्यस्तता बढाएका छन्।

‘ह्यारी की प्यारी’ मा उनले अभिनेत्री साम्राज्ञी शाहसंग स्क्रिन शेयर गरे। यतिबेला नीति शाहसंग उनि चलचित्र ‘ज्वाई साब’ मा काम गरिरहेका छन्। राजु गिरीको एक चलचित्रमा पनि उनि अनुबन्धित भएका छन्। तर जुन उचाइ र सफलता उनले ‘छक्का पन्जा’ टीम संग हुँदा प्राप्त गरेका थिए चलचित्र क्षेत्रमा त्यो सफलता हासिल गर्न सकेका छैनन् । उनको करियरको यात्रा कस्तो हुने हो त्यो हेर्न बाँकी रहेको छ। तर एउटा उचाईमा पुगेका कलाकारले चलचित्रमा अभिनय गर्दा भने सोचनीय बन्नु पर्ने पक्का रहेको छ।

प्रतिक्रिया दिनुहोस्