परिवारसहित लन्डन घुमघाममा निखिल-संचिता (फोटोफिचर)


अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुइँटेल पछिल्लो समय पारिवारिक समयमा व्यस्त रहेका छन्। दुई सन्तानका मातापिता निखिल र संचिता पारिवारिक घुमघाममा बढी व्यस्त रहने गरेका छन्।

संचिता केहि चलचित्र र भिडियोमा पछिल्लो समय देखिदै आएकी छिन् भने निखिल चलचित्रमा नदेखिएको लामो समय भयो। निखिलले चलचित्र बनाउने तयारीको खबर वाहिरिएको लामो समय भए पनि चलचित्र निर्माण भने भएको छैन। यतिबेला निखिल-संचिता दुइ सन्तान सहित बेलायतको भ्रमणमा रहेका छन्।

सामाजिक संजालमा संचिताले परिवार सहितको फोटो पोष्ट गरिरहेकी छिन्। निखिल र संचितालाई पर्दामा दर्शकले कुरिरहेका छन्। अव कहिले पुरानो लयमा दुवैलाई देखिने हो त्यो भने हेर्न बाँकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्