स्टार नायकसंग आंचलको व्यस्तता, करियरको यो यात्रा कस्तो रहला?


अभिनेत्री आंचल शर्माको अहिलेको व्यस्तता लोभलाग्दो रहेको छ। बिशेष गरि विवाहपछि आंचलले आफु र आफ्नो चलचित्र करियर दुवैलाई लोभलाग्दो बनाएकी छिन्। यतिबेला आंचलको हातमा आधा दर्जन चलचित्र छन्। रोचक कुरा के छ भने ती सबै प्राय चलचित्र स्टार नायकहरु संग छन्। यो लाइनले हिरोइन स्टार र काबिल छैनन् भन्ने आशय प्रस्तुत गर्न खोजेको हैन। यतिबेला आंचल ‘जेरी अन टप’ को सुटिङ्गको तयारीमा रहेकी छिन्।

पछिल्लो समय ‘फर्की फर्की’ रिलिज पछि अनमोलको क्रेज झन् दोब्बर बढेको छ। यसै पनि नेपाली चलचित्र क्षेत्रका युवापुस्ताका सर्वाधिक सफल अभिनेता हुन् ,अनमोल। जेरी आफैमा अनमोलको सफल चलचित्र हो । अनमोल र आनालाई लिएर सरोज न्यौपानेको निर्माणमा सुयोग गुरुङ्गको निर्देशनमा चलचित्र बन्दैछ । आंचलको प्रवेशले यो चलचित्र झन् चर्चा र मजबुत बनिरहेको छ।

यो चलचित्र लगत्तै आंचल चलचित्र ‘पिताम्बर’ को तयारीमा रहेकी छिन्। यो चलचित्रमा प्रदिप खड्का मुख्य अभिनेताको रुपमा रहेका छन्। मल्टीस्टारर चलचित्रमा सौगात मल्ल, सुरक्षा पन्त लगायतका कलाकारको अभिनय रहेको छ। यो चलचित्र पछि ‘दुखि आत्मा’ चलचित्रको तयारीमा आंचल रहेकी छिन्। चलचित्रमा दयाहाङ राईसंग उनको जोडी बाधिनेछ। धिरज मगरसंग पनि आंचलले एक चलचित्र सम्झौता गरेकी छिन्।


नयाँ कलाकारसंग पनि उनले काम गरेकी छिन् । नाई न भन्नु ल को पछिल्लो सिरिजमा आंचलले आशिर्वाद क्षेत्रीसंग काम गरेकी थिइन्। व्यवसायिक हिसाबले चलचित्र असफल भएको थियो। विवेक कर्माचार्यसंग उनले चलचित्र ‘बर एण्ड बधु’ मा सहकार्य गरेकी छिन्। आंचल व्यवसायिक सफलताको पाटोमा आफुलाई अग्रसर छिन् भन्न उनका चलचित्रको छनोट र स्टार अभिनेतासंगको सहकार्यले देखाउछ।

प्रतिक्रिया दिनुहोस्