कस्तो छ निता अधिकारीको ‘ह्रस्व दीर्घ’ पोष्टर?


अभिनेत्री नीता ढुंगानाको मुख्य भुमिका रहेको चलचित्र ‘ह्रस्व दीर्घ’बाट उनको पहिलो लुक्स सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा नीतालाई हातमा बज्र लिएर उभिएको देख्न सकिन्छ ।

सार्वजनिक पोस्टर हेर्दा दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दम, अली र नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई आ-आफ्नो चरित्रमा देख्न सकिन्छ ।

असोज ३ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय नेपाली चलचित्र हो । उनले यसअघि केही भोजपुरी चलचित्रको निर्देशन गरीसकेका छन् । निर्देशक पन्त नेपाली चलचित्र क्षेत्रमा द्धन्द्व निर्देशकको रुपमा स्थापित थिए ।

चलचित्रमा नेपाली र दक्षिण भारतीय सिनेमाका चर्चित कलाकारहरु नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रविन्द्र झा, ब्रह्मानन्दम, अलि, प्रदीप रावत र कबीर दुहान सिंहको मुख्य भूमिका छ ।

हरिहर अधिकारीको कथा लेखन रहेको चलचित्रलाई भारतीय छायांकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता दर्जनौं बलिउड चलचित्र खिचेका छन् । चलचित्रको नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो । चलचित्रमा मित्र डि गुरुङको सम्पादन तथा रामजी लामिछाने र बलिउडकी शुष्मा सुमनको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्