लभस्टोरीमा चलचित्रमा निश्चल खड्काले देखाएको सम्भावना


जेठ २५ गतेबाट रिलिज भएको चलचित्र ‘लन्डन टू पेरिस’ ले बक्स अफिसमा कमाल गर्न सकेन। लभ स्टोरी जनारमा निर्माण भएको यो चलचित्रमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहसंग नव-नायक निश्चल खड्काले यो चलचित्र मार्फत डेव्यु गरेका थिए। प्रचार सामाग्री देखि नै दर्शकको ठीकठाक साथ पाएको चलचित्रले हलमा कुनै कमाल गर्न सकेन।


तर यहि चलचित्र बाट नेपाली रजतपटमा एक चकलेटी नायकको उदय भने पक्का भएको छ। अग्लो हाइट, मिलेको शरीर र लामो कपालमा निश्चल खड्काले चलचित्र भरि आफ्नो छाप छाड्न सफल भएका छन्। उनको अभिनय चकलेटी नायकका भीडमा उत्कृष्ट रहने पक्का पक्कि रहेको छ।

लभस्टोरी चलचित्रमा उनलाई मेकरले अझै राम्रो हिसाबले प्रस्तुत गर्न सक्नेछन्। उनको अर्को सबल पक्ष भनेको डाइलग डेलिभरी हो। चलचित्र भरि उनको आवाज बुलन्द सुनिएको छ। चलचित्र व्यवसाहिक हिसाबले असफल भए पनि नेपाली चलचित्रले एक रोमान्टिक हिरो भने पक्कै पाएको छ ।

प्रतिक्रिया दिनुहोस्