विपिन र मिरुनाको ‘ऊनको स्विटर’ पाँचथरबाट छायांकन सुरु


विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा रहेको चलचित्र ‘ऊनको स्वीटर’ को छायांकन सुरु भएको छ । आर्टमाण्डुको प्रस्तुतीमा निर्माण हुने चलचित्रको पाँचथरको साधुटारबाट छायांकन सुरु गरिएको छ। नविन चौहानको निर्देशनमा तयार हुने चलचित्रको छायांकन सेड्युल ३५ दिनको रहेको छ ।

एलेक्स पारस र परिक्षा लिम्बूले यतिबेला चलचित्रको लागी सट दिईरहेका छन्। विपिन अमेरिकामा तेल भिषाको सुटिङ्गमा व्यस्त रहेका छन्। मिरुना भर्खरै विदेशमा मनसाराको शोज र विदा मनाएर नेपाल फर्किएकी छिन्। दुवैले केहि समयमा छायांकन सेट ज्वाइन गर्नेछन् । निर्देशक चौहानको लेखन रहेको चलचित्रमा सुरज कटुवालको सहलेखन र चिन्तनराज भण्डारीको छायांकन रहनेछ।

माओत्से गुरुङ, सुरज तमू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे, नरेश लावती लगायतका कलाकारको अभिनय रहनेछ। चलचित्रलाई यहि बर्षको असोज-कार्तिक तीर रिलिज गर्ने तयारी निर्माण टीमको रहेको छ।

प्रतिक्रिया दिनुहोस्