मर्मस्पर्शी ‘सतीदेवी’ टिजर, मलिकाका संवादले छुन्छ मन


लक्ष्मण सुवेदीको निर्देशनमा तयार भएको चलचित्र ‘सतीदेवी’ को टिजर सार्वजनिक भएको छ। समाजको पितृसत्तात्मक सोचलाई प्रश्न गर्दै इमोशनल टिजर सार्वजनिक भएको हो । वंश धान्न छोरा नै चाहिन्छ भन्ने सोचले ग्रसित परिवार र समाजको कथा टिजरले बोलेको छ।

मर्मस्पर्शी संवाद र दृश्य समेटिएको टिजरमा मलिका महतले मन छुने अभिनय गरेकी छन्। साउन ४ गतेदेखि प्रदर्शन आउने चलचित्रमा मलिकाको साथमा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठको अभिनय रहेको छ । दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको संयुक्त प्रस्तुति रहेको चलचित्रको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी

प्रतिक्रिया दिनुहोस्