हलमा ‘गाउँ आएको बाटो’ र ‘लन्डन टू पेरिस’


पछिल्लो समय नेपाली चलचित्रले दर्शकको राम्रो साथ पाएका छन्। लगातार दर्शकले नेपाली चलचित्रलाई प्रेम दर्शाई रहेको समयमा दुई नेपाली चलचित्र आजबाट रिलिज भएका छन्। दुवै चलचित्र भिन्न जनरा र कथाका रहेका छन्।

नविन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई र प्रशन राईको अभिनय रहेको छ। विभिन्न अन्तराष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भएको यो चलचित्र उच्च अपेक्षा सहित रिलिज भएको छ। एक दुर्गम गाउँमा बाटो र गाडी आएपछिको परिवर्तन र त्यसले पार्ने प्रभावको कथालाई उठान गरेको चलचित्रले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया बटुलेको थियो ।

घनश्याम लामिछाने निर्देशित ‘लन्डन टू पेरिस’ मा साम्राज्ञी आरएल शाह, निश्चल खड्का, गरिमा शर्मा र कविर खड्का मुख्य भूमिकामा रहेका छन् । यो चलचित्रले मोडर्न प्रेम कथा बोल्छ। बिशेष गरि चलचित्रका डेव्यु नायक निश्चलको काम प्रिमियरमा धेरैले रुचाएका थिए।
एडभान्स बुकिङ्ग र बिहानी अकुपेन्सी काम देखिएका दुवै चलचित्रको व्यापारिक आँकडा कस्तो हुने हो त्यो भने हेर्न बाँकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्