चलचित्र नगरीमा विपना थापाको सक्रियता


कुनै समय नेपाली चलचित्र क्षेत्रमा विपना थापाको उपस्थिति बलियो रहेको थियो । चन्चले अनि चुलबुले विपना थापा हरेक भूमिकामा आफुलाई फिट राख्न सफल रहेकी थिइन्। उनै विपनाको फ्यान क्रेज अहिले पनि आकर्षक रहेको छ। तर उनै विपना चलचित्र क्षेत्रमा नदेखिएको बर्षौ बित्यो। भारतको मथुरामा विवाह गरेर गएपछि नेपाली चलचित्र क्षेत्रमा उनको प्रत्यक्ष सहभागिता न्यून बन्यो।


बेलाबखत चलचित्रका अवार्डमा नेपालमा आउने विपनाले चलचित्र अभिनयमा भने लामो समय बिश्राम लिईन्। यो पटक विपनाको नेपाल भ्रमण भने निकै व्यस्त बन्यो। दशक पछि नेपाली चलचित्र क्षेत्रमा कमव्याक गर्न लागेकी विपनाले आफ्नो कमव्याक चलचित्र ‘ह्रस्व दीर्घ’को डबिङ सकाईन्।

दूइवटा अवार्ड समारोहमा सहभागी भईन्। अवार्ड वितरण संगै स्टेजमा नाचिन् पनि। पछिल्लो समय रिलिज भएका तीन चर्चित चलचित्र हेरिन्। बोक्सीको घर, फर्की फर्की र पुजार सार्की हेरिन्। मिडियासंगको गफगाफमा कतै उत्साहित त कतै भावुक पनि विपना देखिन्थिन्।

पारिवारिक व्यस्ततामा आफ्नो लामो समय विताएकी विपना चलचित्र मार्फत कमव्याक गर्दैछिन्। लामो समय पछि चलचित्र नगरीमा उनको व्यस्तता देखिएको छ। अव ‘ह्रस्व दीर्घ’ पछि उनले चलचित्रको करियार र अभिनय यात्रालाई कसरी अगाडी बढाउछिन्, त्यो भने हेर्न बाँकि रहेको छ।

प्रतिक्रिया दिनुहोस्