‘मायाका रंगहरु’ मा सिक्किमका चर्चित कमेडियन पदम तामाङ अनुबन्धित


‘मायाका रंगहरु’मा सिक्किमका चर्चित कमेडियन पदम तामाङ अनुबन्धित भएका छन् । तामाङ गरिमा इन्टरटेनमेन्टका सञ्चालकसमेत हुन् । उनलाई चलचित्र ‘मायाका रङहरु’ का निर्माता तथा निर्देशक केवल तामाङले हालै काठमाडौंमा अनुबन्धित गरेका हुन् । यसअघि चलचित्रमा अभिनेता पल शाह, सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् । निर्देशक तामाङले चलचित्रका लागि प्रमुख नायिकाको खोजी भइरहेको बताए ।

प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन काठमाडौं र इलामसँगै भारतको दार्जिलिङमा गरिनेछ । पुनम तामाङ प्रस्तुतकर्ता रहको चलचित्रको निर्माता आरबी थाङदेन हुन् ।

चलचित्रमा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

चलचित्रका सह–निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन् । चलचित्रको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्