‘प्रसाद २’ निर्माताको जाहेरीमा ७ महिनापछि निर्देशक सुदर्शन थापा पक्राउ


निर्देशक सुदर्शन थापालाई प्रहरीले प्रकाउ गरेको छ। केहि महिना अगाडी ‘प्रसाद २’ को लेनदेनको बिषयमा प्रहरीले केहि महिना अगाडी उनि विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सोहि लेनदेनको बिषयलाई लिएर प्रहरीले उनलाई सोमबार काठमाडौंको बालुवाटारस्थित एक होटलबाट पक्राउ गरेको हो । मालीगाउँ प्रहरीले पक्राउ गरेर उनलाई बौद्ध प्रहरीको जिम्मा लगाएको छ।

‘प्रसाद-२’ का निर्माता मध्येका एक सुदर्शन बस्नेतले गत असोजमा आपराधिक विश्वासघातको मुद्धा दायर गरेका थिए । सुदर्शन सहित अन्य व्यक्तिको नाममा परेको मुद्धामा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । निर्देशक थापासहित सम्पादक मिलन श्रेष्ठ र ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल विरुद्ध पनि आपराधिक विश्वासघातको उजुरी परेको थियो । निर्माता बस्नेतले आफ्नु अनुमती बिना देश तथा विदेशमा चलचित्र प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको आरोप लगाएका छन्। पक्राउ पुर्जी जारी भएको ७ महिनासम्म सुदर्शन बाहिर थिए भने चलचित्रको सुटिङ्गमा समेत उनी व्यस्त रहेका थिए। ओम अग्रवाल सोहि समयमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका थिए भए सम्पादक श्रेष्ठ अझै पक्राउ परेका छैनन्। उनलाई सोमबार नै अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारीमा प्रहरी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्