‘एक्टर’ को लागी नेपालमा राजबल्लब कोइराला, प्रदिप र दिव्यासहितको टीमले गर्यो स्वागत


रोमान्टिक हिरोको रुपमा नेपाली चलचित्र क्षेत्रमा आफुलाई सफल बनाएका अभिनेता राज बल्लब कोइराला करिव ९ बर्षपछि नेपाली चलचित्र क्षेत्रमा कमब्याक गर्दैछन्। नेपाली चलचित्र क्षेत्रमा रहेको बेला नै अमेरिका हिडेका कोइराला चलचित्र ‘एक्टर’ मार्फत नेपाली चलचित्र क्षेत्रमा कमब्याक गर्न लागेका हुन्।

यो चलचित्रको सुटीङ्गका लागी नेपाल आएका छन् । आइतबार बिहान काठमाडौं आइपुगेका कोईरालालाई चलचित्रको टिमले स्वागत गरेको छ। निर्माता थमन कुमार भण्डारी, निर्देशक राजन भुषालको साथमा कलाकार प्रदिप खड्का , आना शर्मा , दिव्या रायमाझीले कोईरालालाई स्वागत गरेका थिए। तिहार अवसर पारेर कात्तिक १५ गते (लक्ष्मीपूजा) देखि चलचित्र प्रदर्शनमा आउन लागेको छ । चलचित्रको पहिलो चरणको छायांकन पोखरामा भइसकेको छ । अदृत फिल्म्स र मोती फिल्मस्को संयुक्त प्रस्तुति रहेको चलचित्रमा दिव्यदेव, सुशील सिटौला लगायतको पनि अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्