नीता र हरिहरको ‘ह्रस्व दीर्घ’ रिलिज मिति फेरबदल


असोज ११ गतेलाई रिलिज मिति तय गर्दै पोष्टर सार्वजनिक गरेको चलचित्र ‘ह्रस्व दीर्घ’को रिलिज मिति फेरबदल भएको छ। अव चलचित्र संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट रिलिज हुनेछ। निर्माण टिमले नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मिति असोज ३ गतेलाई तय गरेको हो।

असोज ३ गते संविधान दिवस र असोज ९ गते जितिया पर्वको आंशिक विदा समेत रहेको छ । बिहिबार रिलिज गरेर तीन दिनको फाइदा उठाउने सोचमा निर्माण टिम रहेको छ। दशैँमा दुई चलचित्र ‘छक्का पन्जा’ र ‘बेहुली फ्रम मेघौली’ रिलिज तय भएकोले त्यो अगाडीको दुई हप्ता चलचित्रले आफ्नो लागी उपयुक्त हुने सोच निर्माण टीमको रहनसक्छ।


चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्रमा नेपाली र दक्षिण भारतीय कलाकारको जम्भो टोली रहेको छ। चलचित्रमा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रविन्द्र झा, ब्रह्मानन्दम, अलि, प्रदीप रावत र कबीर दुहान सिंहको मुख्य भूमिका रहेको छ । भारतीय छायाँकार कवीरलालले खिचेको चलचित्रलाई निता र हरिहरले निर्माण गरेका हुन्। चलचित्रको कथा हरिहरले नै लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्