नेपालगन्जमा पल शाहको क्रेज, ‘पूजार सार्की’ को रेकर्ड कायम


जेठ १० गते बिहिबारबाट प्रदर्शनमा आएको चलचित्र ‘पूजार सार्की’ हलमा सफलताको साथ चलिरहेको छ। मल्टीस्टारर चलचित्रको दोश्रो साताको व्यापार पनि रफ्तारमा रहेको छ। उपत्यकाका दर्शकलाई पहिलो हप्ता भेटघाट गरेको टोली दोश्रो साता उपत्यका बाहिरको भ्रमणमा रहेको छ। उपत्यका जस्तै उपत्यका बाहिर पनि चलचित्र र कलाकार प्रति दर्शकको क्रेज ब्यापक देखिएको छ। अभिनेता पल शाह दर्शकलाई भेट्न शनिबार नेपालगन्ज पुगेका थिए। पल पुग्ने खबर सुनेर दर्शकले घण्टौँ उनलाई पर्खिएका थिए। पल पुगेपछि उनीसँग भेट्न र तस्वीर खिच्न दर्शक उत्साहित देखिएका थिए ।

नेपालगञ्जको आदर्शनगर स्थित सिनेरोयल हलमा शनिबार चलचित्रलाई आठ शो प्रदान गरेको थियो। प्राप्त आठ शो नै हाउसफुल भएका थिए। हलका सीइओ रितेश श्रेष्ठले ‘ऐतिहासिक रेकर्ड’ भनेका छन् । यसअघि गत बुधबार पनि चलचित्रले प्राप्त गरेको कूल ६ वटै शोज हाउसफुल भएका थिए ।

पलसंगै निर्देशक दिनेश राउत पनि मोफसल यात्रामा रहेका छन्। आज दुवैको दाङ्ग जाने कार्यक्रम रहेको छ। दाङ्ग पलको गृहजिल्ला भएको कारण पनि आज भिड अझ व्यापक हुने आंकलन गरिएको छ । पलले चलचित्र रावायणको सुटिङ्गमा व्यस्त रहेका छन् । रिलिज पछि उनले पुजार सार्कीको लागी समय छुट्याएका छन्। केहि दिनपछि चलचित्रको सुटिङ्ग सुरुवात हुनेछ ।

प्रतिक्रिया दिनुहोस्