प्रदिप र पूजाको पुनर्मिलन, सहकार्यको ढोका खुल्ला


प्रेमगीत नेपाली चलचित्र दर्शकका लागी प्रिय चलचित्र हो। यो चलचित्रले अहिलेका दुई स्टार पुजा शर्मा र प्रदिप खड्कालाई जन्माएको थियो। केहि असफलताको स्वाद चाखेर दुवैले यो चलचित्र मार्फत पुर्नजन्म पाएका थिए। यो चलचित्रका गीतसंगीत र दुवै कलाकारले दर्शकको मन जित्न सफल भएका थिए। तर बिडम्बना दर्शकले सर्वाधिक रुचाएको यो जोडी पुन संगै कहिले देखिएन, न चलचित्रको पर्दामा न चलचित्र बाहिर ।

दुवैको सम्बन्ध हदैसम्म बिग्रिएको थियो। तर बिस्तारै दुवै आफ्नो सम्बन्ध सुधार्दै गएको संकेत दिदै आएका छन्। पछिल्लो समयका आफ्ना अन्तर्वार्तामा दुवैले पहिलेजस्तो खराब सम्बन्ध नरहेको जिकिर गर्दै आएका थिए। निर्देशक सुदर्शन थापाले त प्रदिपसंग चलचित्र गर्ने घोषणा नै गरिसकेका छन् । उक्त चलचित्रमा पूजा रहने हल्ला समेत रहेको छ।


खैर बर्षौपछि यो जोडी एकसाथ देखिएका छन्। एक साथ देखिएनन् मात्र दुवैले खुलेर केहि मिडियामा अन्तर्वार्ता समेत दिए । पुरानै हसीमजाकको शैलीमा दुवै देखिएका थिए। दुवैले आफ्नो सम्बन्ध चिसो हुनमा समय र अपरिपक्क्तालाई दोष दिए। अन्तर्वार्ताको क्रममा प्रदिपले आफुहरु बीच त्यस्तो ठुलो समस्या केहि नभएको र काम फरक फरक भएको कारण संगै नदेखिएको तर्क दिए। पुजाले पनि उनको कुरामा सहमित जनाएकी थिइन्।

दर्शकले सर्वाधिक रुचाएको यो जोडीको मिलनको खबर आम दर्शकको लागी खुशीको कुरा हो । चलचित्र क्षेत्रका लागी पनि खुशीको कुरा नै हो। आपसी दुस्मनी राखेर बस्नु भन्दा मित्रताको हात बढाउनु सुखद नै हो ।

प्रतिक्रिया दिनुहोस्