‘जेरी अन टप’ मा अनमोल र आनाको साथमा आंचल शर्मा !


नायक अनमोल केसीको चलचित्र ‘फर्की फर्की’ यतिबेला हलमा सफलताका साथ चलिरहेको छ । रिलिजको १० औ दिन उनी हलमा पुग्दा शनिबार पनि दर्शकको उल्लेख भिड रहेको थियो। सुयोग गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्रमा अनमोल र जसिता गुरुङ्गको जोडीले दर्शकको असिम प्रेम प्राप्त गरिरहेको छ । दशौ चलचित्रबाट आफ्नो चलचित्र यात्राको नयाँ सुरुवात बताएका अनमोल यो चलचित्र पछि ‘जेरी अन टप’ को सुटिङ्गमा व्यस्त रहेनछन्।

जेरी उनको करियरको सफल चलचित्र हो । दर्शकले यो चलचित्रमा उनको र आना शर्माको जोडीलाइ सर्वाधिक रुचाएका थिए । यहि जोडीलाई लिएर निर्माता सरोज न्यौपाने नयाँ चलचित्र ‘जेरी अन टप’ निर्माण गर्दैछन्। आना र अनमोलको यो जोडी चलचित्रको पर्दामा पुन एकपटक आउने भएपछि दुवैका शुभचिन्तक उत्साहित रहेका छन् । सुयोग गुरुङ्गले चलचित्रको निर्देशन गर्दैछन्।


यो चलचित्रमा अनमोल र आनाको साथमा अर्की एक अभिनेत्री मुख्य भूमिकामा रहनेछिन्। यो चलचित्रमा आंचल शर्मा मुख्य भूमिकामा रहने चर्चा रहेको छ । केहि चरणको छलफल दुवैटिम बीच भैसकेको छ र आंचल चलचित्रको लागी सकारात्मक समेत रहेको बुझिएको छ । चलचित्रका निर्माता सरोजले हिजो आफ्नो सामाजिक संजालमा तीन ए= ? भनेर एक स्टाटस समेत लेखेका थिए। पछि उनले दुई ए र ? भनेर आफ्नो स्टाटस सम्पादन गरेका थिए।

यसले पनि आंचल चलचित्रमा रहने सम्भावनालाई बल पुग्छ। चलचित्र भदौमा सुटिङ्गमा जाने तयारीमा रहेको छ । यहि समय आंचलले चलचित्र ‘पिताम्बर’ लाई दिएकी छिन्। सेड्युलको समस्या नआएमा आंचल यो चलचित्रमा रहेन पक्का जस्तै रहेको श्रोत बताउछ । तीन ए एकै चलचित्रमा भए रोचक हुने पक्का रहेको छ। हेरौ अव निर्माण कहिले औपचारिक घोषणा गर्नेछ ?

प्रतिक्रिया दिनुहोस्