‘लण्डन टू पेरिस’ गीत, तीन प्रेम जोडीको बिन्दास डान्स


साम्राज्ञी शाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का मुख्य भूमिकामा रहेको चलचित्र ‘लण्डन टु पेरिस’को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक भएको छ । घनश्याम लामिछाने निर्देशित चलचित्रको सार्वजनिक रोमान्टिक गीतमा बियोन्डको संगीत / शब्द र बियोन्ड र प्रबिसा अधिकारीको स्वर छ ।

डान्सिङ नम्बरको गीतमा साम्राज्ञी शाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का, मनिष गान्धी र रुष्मा थापा फिचर्ड रहेका छन् । नृत्य तीन जोडीको प्रेमकथा प्रस्तुत गरिएको भिडियोलाई लंगनेस फर्नान्डेजले कोरियोग्राफी गरेका छन्। एबी इन्टरनेश्नलको प्रस्तुतिमा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य गरेको चलचित्रले ट्राभल लभस्टोरीको कथा बोल्छ ।

अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा छन् । चलचित्र जेठ २५ गतेबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्