दशैँमा निश्चल र स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’, ‘छक्का पन्जा ५’ संग भिड्दै?


बर्ष २०८१ को दशैँ नेपाली दर्शक र चलचित्र क्षेत्रका लागी व्यस्त समय देखिने पक्का भएको छ । यो समयमा दुई चलचित्रले आफ्नो रिलिज मिति पक्का गरिसकेका छन्। अन्य केहि चलचित्र पनि यो समयमा आउने चर्चामा रहेका छन्। असोज २४ गते फूलपातीलाई दिपक-दीपाको ‘छक्का पन्जा ५’ ले रिलिज मिति तय गरिसकेको छ। हरेक सिरिजलाई सफल बनाएको यो टिम दशैँमा अझ ब्लकबस्टर हुने गरेको छ।


दशैँमा नै अर्को चर्चित जोडीको चलचित्रले रिलिज मिति तय गरेको छ। निश्चल बस्नेत र स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’ ले रिलिज मिति तय गरेको हो। शनिबार एक पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले दशैँलाई रिलिज घोषणा गरेको हो। रिलिज मिति तय नगरे पनि दशैँको पेरिफेरीमा यो चलचित्र रिलिज हुने पक्का रहेको छ। सार्वजनिक पोष्टरमा बेहुलीले लगाउने रातो रंगको साडी र चोलीमा स्वस्तिमा देखिएकी छिन्। उनी उभिएर ट्याक्टर हाँकिरहेको अवस्थामा चित्रित छिन् । पक्का मिति सार्वजनिक नगरेपनि चलचित्र असोज १७ गते घटस्थापनाबाट रिलिज हुनसक्नेछ। २४ लाई छक्का पन्जा ५ को रिलिज मिति भएको कारण त्यो अगाडी चलचित्र रिलिज हुन सम्भावना रहेको छ । साजन काफ्ले र आकाश बरालको संयुक्त लेखन तथा निर्देशन रहेको चलचित्रलाई निश्चल र स्वस्तिमा मिलेर निर्माण गरेका हुन्। शंकर पाण्डे र फिरोज खड्का चलचित्रको कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्