मन जित्दै ‘फर्की फर्की’ डेव्यु’ जोडी रवि र सम्वृद्धि (फोटो फिचर)


सुयोग गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्र ‘फर्की फर्की’ हलमा यतिबेला सफलताको साथमा प्रदर्शन भैरहेको छ। अनमोल केसी र जसिता गुरुङ्गको प्रमुख अभिनय रहेको चलचित्रबाट अनमोलले आफ्नो करियरको उत्कृष्ट अभिनय गरेको कमेन्ट मिलिरहेको छ।

टाइम लुपको कथामा बनेको चलचित्र मार्फत दुई कलाकारले डेव्यु गरेका छन् । रवि काफ्ले र सम्वृद्धि अर्यालले यो चलचित्र मार्फत डेव्यु गरेका हुन् ।

अनमोल र जसिता संगै यी दुवैले पनि दर्शकको मन जितिरहेका छन् । दर्शकको मात्र हैन समिक्षकले पनि यी दुवैको अभिनयमा खोट लागेका छैनन्। अनमोलको साथीको भूमिकामा देखिएका रविको स्वभाविक अभिनयले मन जितिरहेको छ।

हल पुग्दा दर्शकले उनको प्रसंसा गरिरहेका छन्। सम्वृद्धिको अभिनय पनि स्वभाविक देखिएको छ। सोहि कारण यी दुवै भविष्यमा राम्रो कलाकारको सम्भावना बोकेर उदाएका छन्।

प्रतिक्रिया दिनुहोस्