जेठ २५: उस्तै अभिनय गर्यो भन्नेलाई भिन्न जवाफ दिन दयाहाङ राईलाई चुनौती


अभिनेता दयाहाङ राईलाई आजकल एउटा आरोप लाग्ने गरेको छ , कति धेरै चलचित्रमा उस्तै चरित्र। हुन पनि पछिल्लो समय दयालाई चलचित्र सुटिङ्ग र रिलिजको धपेडी बर्ष दिन बाट चलिरहेको छ। आधा दर्जन बढी चलचित्र रिलिज भए दयाका केहि सुपरहिट केहि हिट त केहि फ्लप बने।

दयाले भिन्न जनराका चलचित्रमा अभिनय गरिरहेका छन्। तर व्यस्त सेड्युलको कारण चलचित्रको पात्रलाई भिन्न अनुभूति गराउन उनले नसकेको हो कि भन्ने आभाष भने दर्शकलाई उनले गराईरहेका छन्। पात्रको मनोदसालाई ग्रहण गरेर अभिनय गर्नु उनको बिसेषता हो , तर त्यो अनुभूति दर्शकले भने गर्न सकेका छैनन् कारण एकै हो लगातार चलचित्र प्रदर्शन। उनका कोभिड अगाडि सुटिङ्ग भएका देखि नयाँ चलचित्र सम्म रिलिज भएका कारण पनि उनको सेड्युल अस्तव्यस्त बनेको हो।

दयालाई उस्तै उस्तै देखिने आरोपबाट बाहिर निस्कन नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ ले साथ दिने अपेक्षा रहेको छ। बाबु छोराको सम्बन्ध र गाउँमा बाटो आएपछि बद्लिएको जीवनको कथा वरपर घुमेको चलचित्र ले विभिन्न अन्तरास्ट्रिय फिल्म फेस्टिभलमा आफ्नो बलियो उपस्थिति जनाएको छ। एक प्रतिष्ठित फिल्म फेस्टिभलमा उनलाई नेपालको अमिताभ बच्चन भनेर सम्बोधन समेत गरिएको थियो। ट्रेलरले दयालाई भिन्न र दरिलो रुपमा देखाएको छ। नविन सुब्बाको निर्देशनमा तयार भएको चलचित्र जेठ २५ बाट रिलिज हुँदैछ। अब हेर्न बाँकी छ लगातार रिलिज र उस्तै आरोपमा अल्झिएका दयालाई यो चलचित्रले भिन्न महसुस दर्शकमा गराउन सफल हुने हो कि हैन।

प्रतिक्रिया दिनुहोस्