‘फर्की फर्की’ मा जमेका अनमोल जसिता, हलमा देखियो दर्शकको क्रेज


अभिनेता अनमोल केसीले आफ्नो १० औ चलचित्रलाई करियरको दोश्रो आरम्भ भन्दै आएका छन्। उनले भने जस्तै उनको करियरको दोश्रो आरम्भ आक्रामक भएको छ। जेठ १० गते बिहिबार बाट रिलिज भएको चलचित्रले आकर्षक साथ पाएको छ। पहिलो दिन देशभरका अधिकाश मल्टिप्लेक्स हलमा चलचित्रले दर्शकको उल्लेख साथ पाएको छ। बिहान मध्यम सुरुवात गरेको चलचित्र हेर्न मध्यान्हपछि भने दर्शकको चाप हलमा उच्च देखिएको थियो । बेलुकीदेखि रातीसम्मका शोजहरुमा दर्शकको उपस्थिति उच्च रहेको थियो।


चलचित्रको वर्ड अफ माउथ पनि राम्रो भएको कारण यसको व्यापार आगामी दिनमा पनि उच्च हुने पक्का देखिएको छ। बिशेष गरि चलचित्रमा अभिनयको हिसाबले कमजोर कम्नेट भोग्दै आएका अनमोलले यो पटक प्रसंसा बटुलीरहेका छन्। प्रिमियर देखि दर्शकसम्मले उनको अभिनयको तारिफ गरिरहेका छन्। हलमा अनमोल र जसिता सहितको टिम पुग्दा क्रेज आकर्षक देखिएको थियो । अनमोल गज्जबको फ्यान फलोअर्स भएका कलाकार हुन् । त्यसको प्रमाण हलमा पनि देखिएको थियो।

सुयोग गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्रको कथा देखि मेकिङ्ग नेपाली चलचित्र क्षेत्रका लागी नौलो रहेको छ। यसले दर्शकको मन जितिरहेको छ। जसिता गुरुङ्गसंगको उनको जोडी आकर्षक देखिएको छ। रोहित अधिकारीले चलचित्रको निर्माण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्