‘पुजार सार्की’ टिम हल पुग्दा देखियो यस्तो क्रेज (भिडियोसहित)


बुद्ध जयन्तीको अवसर पारेर रिलिज भएको चलचित्र ‘पुजार सार्की’ ले रिलिजको पहिलो दिन बिहिबार (जेठ १०) गते दर्शकको आकर्षक साथ पाएको छ। बिहानीको शोमा ४०-५० प्रतिशत अकुपेन्सी रहेको चलचित्रले दिवा र सन्ध्याकालीन शोमा दर्शकको चाप बढाएको छ। देशभरका अधिकाश मल्टिप्लेक्स हलमा चलचित्र हेर्ने दर्शकको उपस्थिति बाक्लो रहेको थियो।

दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्रमा आर्यन सिग्देल, प्रदिप खड्का, पल शाह , अञ्जना बराईली र परिक्षा लिम्बु मुख्य भूमिकामा रहेका छन्। चलचित्रमा बिशेष गरि प्रदिप खड्काको अभिनयले दर्शकको मन जितिरहेको छ। मैतबहादुरको पात्रमा देखिएका प्रदिपले चरित्र का लागि गरेकी मिहेनत र उनको कमेडी पाटोले दर्शकको ध्यान खिचेको छ। पुजारको भूमिकामा देखिएका आर्यन शान्त र भिन्न देखिएका छन् भने पल शाहको बिद्रोही चरित्र पनि दर्शकले रुचाएका छन्।

काठमान्डौका विभिन्न हलमा चलचित्रको टिम दर्शक संग भेट्न पुगेका थिए। कलाकार भेट्दा दर्शक झन् बढी उत्साहित रहेका थिए। बालाजु स्थित अष्टनारायण हलमा चलचित्रको टिम पुग्दा दर्शकको भिड रोचक देखिएको थियो। हजारौ दर्शकको भिडमा कलाकार पुग्दा भीड थाम्न मुस्किल रहेको थियो।


‘रावायण’को छायांकन मा व्यस्त पल दर्शक भेट्न छायांकन छाडेर आएका थिए। तिनै स्टारले दर्शकबात पाएको अद्भुत प्रतिक्रियाले उत्साहित रहेको बताएका छन्। विकास सुवेदीले लेखेको चलचित्रलाई सुभास भुषालले निर्माण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्