मल्टिप्लेक्समा खुल्यो ‘फर्की फर्की’ र ‘पुजार सार्की’ को बुकिङ्ग, दुवैको व्यापार कस्तो रहला ?


जेठ १० गतेबाट २ नेपाली चलचित्र रिलिज हुदैछन्। नेपाली चलचित्र क्षेत्रका स्टार अभिनेताहरुको भिडन्त बुद्ध जयन्तीको दिन बिहिबार हुँदैछ। नेपाली चलचित्र क्षेत्रले यो भिडन्तलाई नजिक बाट नियाली रहेको छ। युवापुस्तामा आफ्नो दरिलो छाप बनाईरहेका अनमोल केसी, प्रदिप खड्का र पल शाहका चलचित्र एकसाथ रिलिज हुदैछन्।

सुयोग गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्र ‘फर्की फर्की’ मा अनमोल केसी र जसिता गुरुङ्गले पहिलोपटक सहकार्य गरेका छन्। यी दुवैको जोडी, चलचित्रको ट्रेलरको हाईपका कारण चलचित्र प्रतिक्षित बनिरहेको छ। अनमोल केसीले बिशेष रुपमा लिएर यो चलचित्रको इनिसियल व्यापर आक्रामक हुने अनुमान गरिएको छ । रोहित अधिकारीको निर्माण भएको चलचित्रको अग्रिम टिकट बुकिङ्ग खुलेको छ। मल्टिप्लेक्सको ठुलो चेन क्युएफएक्सले चलचित्रलाई उपत्यकामा २८ शोज उपलब्ध गराएको छ। उपत्यका बाहिर चलचित्रले ३३ शोज पाएको छ। अन्य मल्टिप्लेक्सले पनि चलचित्रलाई आकर्षक शो उपलब्ध गरेका छन्।

दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र ‘पूजार सार्की’ मा आर्यन सिग्देल, प्रदिप खड्का र पल शाह मुख्य भूमिकामा रहेका छन् । तिनै स्टारका कारण यो चलचित्रको चर्चा र प्रतीक्षा उच्च रहेको छ। ट्रेलर सार्वजनिक पछि दर्शकको कौतुहलता पनि बढी रहेको छ । सुभास भुषालले निर्माण गरेको चलचित्रलाई विकास सुवेदीले लेखेका छन्। यो चलचित्रलाई पनि मल्टिप्लेक्सले आकर्षक शो दिएका छन्। क्युएफएक्सले उपत्यकामा २७ र उपत्यका बाहिर ३१ शोज दिएको छ। अन्य मल्टिप्लेक्सले पनि चलचित्रलाई आकर्षक शो दिएको कारण यसको इनिसियल व्यापार पनि उच्च हुने आंकलन गरिएको छ।

दुवै चलचित्र बिशेष रहेका कारण चलचित्रको शो वितरणमा पनि धेरै समानता देखिएको छ। अव कुन चलचित्रलाई दर्शकले कुन रुपमा साथ दिन्छन् त्यो भने चलचित्र रिलिज पछि थाह हुनेछ। बिशेष गरि रिलिजका सुरुका तीन दिन बिहिबार, शुक्रबार र शनिबार चलचित्रमा दर्शकको उपस्थिति र प्रतिक्रिया दुवै चलचित्रका लागी बिशेष हुनेछन्। फरक जनरामा निर्माण भएका दुइ फरक चलचित्रको साथ रिलिजले दुवैको व्यापारमा घाटा हुने पक्का रहेको छ।

प्रतिक्रिया दिनुहोस्