‘दान्भी’ गीत: नव-नायक कुन्साङ्गसंग रोमान्टिक पूजा


पूजा शर्मा र कुन्साङ बोमजोम फिचर्ड ‘मायाको खानी’ बोलको गीत सार्वजनिक भएको छ। चलचित्र ‘दान्भी’ मा समावेश लभ स्टोरी गीतमा दुवै रोमान्टिक भावमा प्रस्तुत भएका छन्। सुरेश लामा र ममता गुरुङको स्वर रहेको गीतमा अर्जुन पोख्रेलको संगीत र प्रदिप प्रखर पोख्रेलको संगीत रहेको छ।

नेपाल र भारतका विभिन्न लोकेशनमा खिचिएको चलचित्रको गीतमा नव-नायक कुन्साङ्गसंग पूजाको जोडी आकर्षक देखिएको छ। रुपेश तामाङको निर्देशनमा तयार भएको चलचित्र असार ७ गतेबाट रिलिज हुँदैछ ।

देव मगर र अनुप गडाल निर्माता रहेको चलचित्रमा पवन राना मगर कार्यकारी निर्माताको रुपमा रहेका छन्। एक्सन चलचित्रको टिजरले दर्शकको मन जित्न सफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्