भुवन-सुस्मिताको डिभोर्सले बाल्यकालमा टुटेका अनमोल, ‘मलाई पनि बुबा आमाको माया संगै पाउने चाहाना हुन्थ्यो’


अभिनेता अनमोल केसीले करियरमा १० बर्ष पुरा गर्दा आफ्नो १० चलचित्रमा अभिनय गरेका छन्। मिडियामा कम देखिने , हरेक प्रकारहरुका प्रश्नको सरल र आकर्षक जवाफ दिने, अन्य सहकर्मी वा कलाकारलाई कहिले केहि नभन्ने उनको बानीले उनको लोकप्रियता अझै बढिरहेको छ । सालिनता र सरल प्रस्तुती अनमोलको सबल पक्ष हो ।

झट्ट हेर्दा अनमोलको जीवन सानदार छ। निर्माता लाखौ तिरेर चलचित्रमा काम गराउन सधै लालायित छन्। भुवन केसीका छोरा भएकै कारण उनको जीवनमा अभाव र कष्ट कहिले भएन। सम्पन्न परिवारमा हुर्किए तर आफ्नो जीवन पनि त्यस्तै बनाए। तर अरुले हेरे र देखे जस्तो जीवन कसैको हुदैन । आफ्नै दुखमा हरेकको जीवन चलिरहेको हुन्छ।

अनमोल यो पटक चलचित्र ‘फर्की फर्की’ लिएर दर्शक माझ आउदैछन्। जेठ १० गतेबाट रिलिज हुने यो चलचित्रलाई उनले बिशेष ठानेका छन्। १० को संयोग पनि गज्जबको रहेको छ। १० बर्षे करियर, १० औ चलचित्र र १० गते नै रिलिज। चलचित्र ‘फर्की फर्की’ को प्रमोशनको दौरान उंले यो पटक फर्किएर आफ्ना बाल्यकाल र जीवन यात्राका कथा पनि सुनाउन उनी कम्फर्टेबल देखिएका छन्। खासै आफ्ना जीवनका बारेमा बोल्न नरुचाउने उनले यो पटक बाल्यकाललाई फर्किएर हेरेका छन् र सुनाएका छन् ।


अनमोल अभिनेता भुवन केसी र अभिनेत्री सुस्मिता बोमजनका छोरा हुन्। भुवन र सुस्मिताको वैवाहिक जीवन सोचेजस्तो सफल रहेन। अनमोलको बाल्यकालमा नै दुवैको सम्बन्ध बिग्रिएको थियो। अनमोलको मनस्थितिमा असर नपरोस भनेर दुवैले उनलाई कक्षा १-२ को समयमा नै होस्टेलमा राखिदिएका थिए। यसले उनलाई सधै प्रभाव परिरहेको अनुभूति रहेको छ। ‘मलाई पनि अरुको जस्तो मेरो खुशी परिवार होस् जस्तो लाग्थ्यो। बुबा आमाको माया संगै हाँसी खुशी पाउ जस्तो लाग्थ्यो। तर त्यो मैले पाईन्। ‘ उनी अगाडी थप्छन्, ‘ तर यो संसारमा म मात्र हैन जसले बुबाआमाको माया पाईन । तर जसले मैले जस्तो यो अवसर पाउनु भएको छैन निरास नहुनुहोस् , आफुलाई माया गर्न सिक्नुहोस् सवै समय सुन्दर हुन्छ। ‘

प्रतिक्रिया दिनुहोस्