झापामा होली मनाउदै ‘बद्रीबहादुर’ टीम , शोभित र जयकिशन पुग्दै


झापाको बिर्तामोडमा फागु पूर्णिमा अर्थात् होली पर्वको अवसरमा चैत्र १२ गते ‘टुबोर्ग होलि हङ्गामा’ हुने भएको छ । नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशको आयोजनामा होली हङ्गामा कार्यक्रम हुने संघका प्रदेश अध्यक्ष तथा चलचित्र निर्माता केवल तामाङले बताए ।

बिर्तामोडस्थित पुरानो कृष्ण सिनेमा हलको प्राङ्गणमा हुने कार्यक्रममा चर्चित गायिका मेचु धिमालले सांगीतिक प्रस्तुति दिने छिन् । त्यस्तै होलि हङ्गामा चलचित्र निर्देशक तथा कलाकार जयकिशन बस्नेत, शोभित बस्नेत, एक्सन अभिनेता सुबास मेचे र मोडल दिपा शाहीको प्रस्तुती रहने अध्यक्ष तामाङले जानकारी दिए ।

कार्यक्रममा लामो समयदेखि चलचित्र उद्योगमा योगदान पुर्याउने चलचित्रकर्मीलाई सम्मान गरिने छ । नेपाली साँस्कृतिक पर्वको उत्थान र विकासमा समेत टेवा पुर्याउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक नायक सुबास मेचेले बताए । उहाँले कार्यक्रमस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी दिए ।

कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न चैत्र २३ गते प्रदर्शनमा आउने चलचित्रबद्री बहादुरको बिशेष सहयोग रहने बताइएको छ । होली कार्यक्रमलाई हिमाल भेराइटिज, होटल रुस्किन, द स्यान्डविच पोइन्ट, वान स्टप मल, सुनमाई स्पिङ वाटर र होटल हेभन ग्राण्डले सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्