‘सतीदेवी’ हेरेर भावुक बने दर्शक


लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा तयार भएको चलचित्र ‘सतीदेवी’ को बिशेष शो हरु संचालन भैरहेका छन्। हरेर चौतर्फी प्रसंसा बटुलिरहेको चलचित्रलाई मध्य नेपाल नगरपालिका, लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डेले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । केहि दिन अगाडी दमौलीको क्युएफएक्स सिनेमामा विशेष प्रदर्शनका प्रमुख अथिति मेयर पाण्डेले मौलिक कथामा निर्माण गरिएको तथा सार्वजनिक प्रदर्शन अगावै देश–विदेशमा चर्चामा रहेको चलचित्रलाई सबैले साथ दिनुपर्ने बताएका छन्।

उनले ‘सतीदेवी’ ले उठाएको नारीपक्षको मुद्दा निकै गहन र मननीय रहेको बताएका छन् । कार्यक्रममा ‘सतीदेवी’ को तर्फबाट निर्देशक सुवेदीले मेयर पाण्डे, वडा नं ५ का अध्यक्ष ओमवीर गुरुङ, स्थानीय श्री सृजनशील एकता मगर समाज, लाफा गाउँ होमस्टे, कलाकार इभन श्रेष्ठ, क्युएफएक्स दमौलीलगायतलाई आभारपत्र प्रदान गरेका थिए । अधिकांश दृश्य मध्यनेपाल नगरपालिकाका वडा नं ५ लगायत विभिन्न स्थानमा खिचिएको र छायांकन तथा प्रवर्धनमा आफूहरुलाई निकै सहयोग मिलेकाले धन्यवाद स्वरुप शो आयोजना गरिएको निर्देशक सुवेदीले बताए ।

चलचित्र हेरेपछि दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । छोरा र छोरी बीच हुने विभेदलाई चलचित्रले प्रस्तुत गरेको भन्दै प्रसंसा मिलेको थियो।

एक युवती दर्शकले ‘सतीदेवी’ हेर्दा आफू २०–२२ ठाउँमा भक्कानिएर रोएको बताउँदै अबका दिनमा म छोरी मान्छे हुँ भनेर कम्जोर मानसिकता नराख्ने र आफ्नो परिवारका लागि जस्तोसुकै संघर्ष गर्न पनि पछि नहट्ने प्रतिव्द्धता ब्यक्त गरिन् ।

बच्चादेखि बृद्धसम्म उपस्थित भएको शोमा चलचित्र हेरेका अधिकांश दर्शक आँशु पुछ्दै हलबाट बाहिरिएका थिए ।

दिलासा कृएसनले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गरेको चलचित्रमा मलिका महत केन्द्रिय भूमिकामा रहेकी छिन्।

चलचित्रमा हर्षिका वली, मञ्जिला बानियाँ, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सृजना अधिकारी, सन्दिपबाबु लोहनी, सुजीता शिवाकोटी, भोला सापकोटा, मनिषा सापकोटा, सन्देश लिम्बूलगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्