यस्तो छ ‘अञ्जिला’ को फस्टलुक पोस्टर


महिला राष्ट्रिय फुटबल टिमकी नम्बर वान गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर निर्माण भएको चलचित्र ‘अञ्जिला’को फस्टलुक सार्वजनिक भएको छ । चलचित्रको पोष्टरमा अञ्जिलासंगै दयाहाङ राईलाई प्रस्तुत गरिएको छ। अञ्जिलाकै जन्मथलो इलामको आइतबारे सहित झापा र काठमाडौंमा चलचित्रको छायांकन भएको छ ।

अञ्जिला नै मुख्य भूमिकामा रहेन चलचित्रमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, वुद्दि तामाङ, विजय बराल, हरि खड्का लगायतका कलाकारको अभिनय रहेनछ।

अञ्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथालाई उठान गरेको चलचित्र मिलनले आफ्नो करियरको अब्बल चलचित्र बन्ने विस्वास व्यक्त गरेका छन् । चलचित्रमा निर्माता प्रेम कुमार श्रेष्ठको पनि मुख्य भूमिका छ । सुदिप बरालले चलचित्रलाई खिचेका छन्।

प्रतिक्रिया दिनुहोस्