बिराज भट्टको चलचित्रमा दक्षिण भारतीय भिलेनको इन्ट्री


विराज भट्टको दोश्रो निर्देशनमा तयार हुने चलचित्र ‘१२ गाउँ’ को खलनायकमा कनिज कोइराला अनुबन्धित भएका छन्। ‘इन्टरनेश्नल म्यानहन्ट नेपाल-२००९’ संगै पहिलो नेपाली ग्ल्याडरक्स मोडल समेत हुन् । नेपाली चलचित्रका लागी नयाँ भए पनि उनले प्रभासको ‘साहो’ तथा अर्का चर्चित दक्षिण भारतीय तेलेगु अभिनेता अधवी शेषको ‘गोडाचरी’ चलचित्रमा खलनायकको भूमिकामा काम गरिसकेका छन् ।

यसका अलावा उनले अभिनेता विराजसँग भोजपुरी चलचित्र ‘वध ‘मा मुख्य खलनायकको भूमिकामा अभिनय गरेका छन् । चलचित्रको नायिकाको रुपमा मिस नेपाल इन्टरनेशनल-२०२२ न्यान्सी खड्कालाई अनुबन्धन गरिएको छ । चैतको दोश्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्रमा बिराज नै मुख्य भूमिकामा रहनेछन्। यहि चलचित्रबाट बिराजले आफ्ना छोरा समिर भट्टलाई अभिनेताको रुपमा डेव्यु गराउदैछन्। हाल प्रि-प्रोडक्सनको चरणमा रहेको ‘१२ गाउँ‘ ठूलो बजेटमा तयार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्