सरल अनि सिम्पल नन्दिताको मेहेन्दी, भोलि विवाह


अभिनेत्री नन्दिता केसी भोली वैवाहिक जीवनमा बाँधिने तयारीमा रहेकी छिन्। वैवाहिक समारोह सिम्पल बनाउने कोसिसमा नन्दिता रहेकी छिन्। विवाह पुर्व उनको मेहेन्दी कार्यक्रम बिहिबार राखिएको थियो।

रानीवनमा रहेको रेसु भिल्लामा आयोजित मेहेन्दी समारोह सिम्पल राखिएको थियो। नन्दिता आफ्नो मेहेन्दी समारोह सिम्पल रहोस भनेर कोसिस गरिरहेकी थिइन्।

स्वेता खड्का, रेनशा वान्तवा राई, रेखा शाह, रिमा विश्वकर्मा, माम्पी घोष लगायत उनको मेहेन्दी समारोहमा उपस्थित रहेका थिए। पारिवारिक व्यक्तिको बीचमा उनको मेहेन्दी समारोह गरिएको थियो।

तस्विर: टौवा इभेन्ट्स

डा अरविन्द्र कटुवाल आफ्नो परिवार सहित उनलाई भेट्न उपस्थित भएका थिए। पेसाले कटुवाल कार्डियोलोजिष्ट हुन्। अमेरिकामा नै बस्दै आएका अरविन्द्र र नन्दिताको मागी विवाह हो ।

प्रतिक्रिया दिनुहोस्