मिलन चाम्सको ‘गोर्खा वारियर’ लाई अनुपम खेरको प्रसंशा


शुक्रबारबाट रिलिज भएको नेपाली चलचित्र ‘गोर्खा वारियर’ को बलिउड अभिनेता अनुपम खेरले प्रसंशा गरेका छन् । उनले आइतबार बिहान इन्स्टाग्राम स्टोरीमा निर्देशक मिलन चाम्सलाई मेन्सन गर्दै चलचित्रको ट्रेलर मन परेको उल्लेख गरेका छन्। अनुपम लेख्छन्, ‘ट्रेलर निकै मनपर्‍यो । नेपाल ।’


सन् १९४८ देखि १९६० सम्म चलेको मलाया संकटकालको बेला स्वतन्त्रता लडाकुहरुले बेलायती उपनिवेशविरुद्ध थालेको सशस्त्र विद्रोहको कथा बोलेको चलचित्रले दर्शकको साथ बटुलिरहेको छ। मिलन चाम्स निर्देशित चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ्ग, रेयर राई लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्