हिन्दी चलचित्रमा बेनिशाको अनुभव, ‘माइनस १५ डिग्रीको सुटिङ्गमा उत्साहले भरिएको यात्रा’


बेनिशा हमाल नेपाली चलचित्र क्षेत्रमा सुन्दर अभिनय गर्ने अभिनेत्रीको रुपमा परिचित रहेकी छिन्। आफ्नो अभिनय कौशलले दर्शकको मन जित्न सफल बेनिशा यतिबेला हिन्दी चलचित्रको सुटिङ्गमा व्यस्त रहेकी छिन्। पंचाचुलीको माइनस १५ डिग्रीमा यतिबेला हिन्दी चलचित्रको सुटिङ्ग गरिरहेकी छिन्। बेनिशाले हामीसंग हिन्दी चलचित्रमा काम गर्दाको अनुभव शेयर गरेकी छिन्।

बेनिशा भन्छिन् ,’ माइनस १५ डिग्रीमा काम गर्न त्यति सजिलो छैन। तर चलचित्रको टीम आफ्नो कलाकारको लागी अत्यन्तै ध्यान दिने हुनुहुन्छ । यहा काम गर्दा फरक अनुभुती भैरहेको छ। प्रोफेसनल हिसाबले काम गर्ने व्यक्तिहरु भेटिरहेकी छु र मेरो कामको पनि राम्रो प्रशंसा पाइरहेकी छु। ‘
बेनिशा आफ्ना अनुभूति सुनाउँदा निकै उत्साहित सुनिन्थिइन्।

कसरी मिल्यो त हिन्दी चलचित्रमा अभिनयको अवसर?

बेनिशा केहि बर्ष अगाडी भारतमा चलचित्रको कोर्स गर्न पुगेकी थिइन्। सोहि समयमा उनको चिनजान कास्टीङ्ग निर्देशकसंग भएको थियो। बेनिशाले केहि चलचित्रको लागी अडिसनको भिडियो समेत पठाएकी थिइन्। अघिल्लो बर्ष मार्चमा उनले भिडियो क्लिप मार्फत अडिसन दिएकी थिइन्। त्यसपछि मुम्बई पुगेर टिमसंग छलफल पछि उनी चलचित्रमा जोडिएकी थिइन्। अन्तत: उनको हिन्दी चलचित्रको डेव्यु सम्भव भएको छ। लुक्स टेस्ट र सवै प्रक्रियापछी बेनिशा यतिबेला चलचित्रको सेटमा रहेकी छिन्। उनले वर्कसप र सुटिङ्गको लागी २० दिनको समय दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्