मिलन चाम्सको ‘गोर्खा वारियर’ रिलिज


निर्देशक मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्र ‘गोर्खा वारियर’ आज शुक्रबारबाट रिलिज भएको छ। सन् १९४९ मा मलाया जंगलमा गोर्खालीहरुले देखाएको वीरताको कथा भन्ने चलचित्र उच्च अपेक्षाको साथमा रिलिज भएको छ। बेलायत देखि नेपालका धेरै स्थानमा भव्य प्रिमियर गरिएको चलचित्र हेरेर पुर्व प्रधानमन्त्री केपी शर्मा ओली, धरानका मेयर हर्क साम्पाङ्ग लगायत भावुक बनेका थिए।

प्रिमियरमा भव्यता र सकारात्मक प्रतिक्रिया बटुलेको चलचित्रलाई लिएर निर्माण टिम अपेक्षित रहेको छ। ब्रिटिस गोर्खाको कथा बोकेको भएर पनि यो चलचित्रले सम्बन्धित क्षेत्रका दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। मलेसियाको जंगलमा नेपाली गोर्खाली सेनाहरूले वीरताको साथमा लडेको कथालाई प्रस्तुत गरेका मिलनको चलचित्रको मेकिङ्ग आकर्षक रहेको छ।

रितेस चाम्स, विजय लामा, रेविका गुरुङ्ग, रेअर राई लगायतको अभिनय चलचित्रमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्