कस्तो छ रेखा थापाको ‘उपहार’ ट्रेलर?


फागुन २५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘उपहार’ को ट्रेलर रिलिज भएको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको ट्रेलर कमर्सियल बनेको छ।


प्रेम, रोदन, खुसी, पीडा र कमेडीको रहेको ट्रेलरले महानगरपालिकाले अनाधिकृत संरचना भत्काएको दृश्य देखि घर-झगडा सम्म समेटिएको छ। चियावाली रेखा थापासंग ट्याक्सी ड्राइभर बनेका मुकुन भुषालको प्रेम ट्रेलरमा देखाईएको छ। पूजा शर्मालाई चुलबुले पात्रमा प्रस्तुत गर्दा अभिनेत्री बेनिशा हमाल वकिलको भूमिकामा देखिएकी छन् । अभिनेत्री सुष्मा कार्कीलाई पनि ट्रेलरमा समावेश गरिएको छ।

सुलभ प्रतिक र समीक्षा देउजा निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा बलराम शाही ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् । विष्णु कल्पित घिमिरेको छायांकन, सुलक्षण भारतीको कथा, भारतीसँगै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद रहेको चलचित्रमा तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, अंशु महर्जन लगायतको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्