‘अगत्स्य’ लाई लिएर उत्साहित नाजिर र मलिका


अभिनेता नाजिर हुसेन ५ बर्ष पछि सिल्भर स्क्रिनमा देखिदैछन्। अभिनेत्री मलिका महत पनि केहि बर्षपछि पर्दामा देखिने तयारीमा रहेकी छिन्। दुवैले अभिनय गरेको चलचित्र ‘अगस्त्य’ फागुन १८ गतेबाट रिलिज हुदैछ। एक्सन ड्रामा चलचित्रको पोष्टर र टिजरले दर्शकमा कौतुहलता थप्दै गएको छ। सौरभ चौधरीले निर्देशन गरेको यो चलचित्रलाई लिएर नाजिर उत्साहित रहेका छन्।

५ बर्षपछि दर्शकलाई भेट्न शिल्भर स्क्रिनमा आउंदा उत्साहित रहेको नाजिर बताउछन्। यो चलचित्रका लागी उनले आफ्नो २० केजी तौल बढाएका थिए। जिममा वर्कआउट देखि आफुलाई मेन्टेन गर्न नाजिरले मिहेनत गरेका थिए । आफ्नो पात्रका लागी उनले गर्ने मिहेनत त सबैलाई थाह छदैछ।

मलिका पनि यो चलचित्रलाई लिएर उत्साहित रहेकी छिन्। मल्टिस्टारर चलचित्रमा उनि सोलो हिरोईनको रुपमा रहेकी छिन्। यो चलचित्र कमर्सियल रुपमा सफल भएमा उनको करियरलाई निकै फाइदा पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्