‘भुठान’ मा अमेरिकी सेना दयाहाङ राई, हरिवंश देखि हलिउड अभिनेता ब्रुस डर्न


मंगलबार अमेरिकाको ओहियो राज्यमा चलचित्र ‘भूठान’ (द वर्ल्ड ह्यापियस्ट म्यान)को सम्पूर्ण छायांकन सकिएको छ । विनोद पौडेलको दोश्रो निर्देशकीय चलचित्रको छायांकन सकिएसँगै निर्माण टिमले केहि तस्विर उपलब्ध गर्ताएका छन्। तस्वीरहरुमा हलिउड अभिनेता ब्रुस डर्न र दयाहाङ राई एकसाथ देखिएका छन्। दयाहाङ अमेरिकी आर्मीको पोशाकमा छन्।

हरिवंश आचार्य, पूजा चन्द लामा, रिचा घिमिरे, भुवन प्याकुरुल, अदिति प्याकुरेल, जोयश पाण्डे, विमल सुवेदी, कौशिला खनाल कर्मचार्यका साथै भारतबाट अनुराधा मजुमदारको अभिनय रहेको छ । राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापा निर्माता रहेको चलचित्रमा कौशिला खनाल कर्मचार्य, एल.एन अधिकारी, अपार श्रेष्ठ र रमेश भट्ट कार्यकारी निर्माता रहेका छन्।

‘भूठान’ हलिउडकै अन्तर्राष्ट्रिय मान्यता र मापदण्डमा रहेर बनाएको निर्देशक पौडेलले बताएका छन्। चलचित्रको निर्माणमा म्याड मंकी फिल्मस्, हलिउडको भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोस र नेपालबाट अवेकन प्रोडक्सन जस्ता कम्पनीले सहकार्य गरेका छन् । नेपाली तथा अंग्रेजी भाषामा बनेको चलचित्रलाई सुसान प्रजापतिले खिचेका छन्।

प्रतिक्रिया दिनुहोस्