‘ह्रस्व दीर्घ’ मा पण्डित अवतरमा ब्रह्मानन्दम, दशैँमा रिलिज हुने


साउथका चर्चित अभिनेता ब्रह्मानन्दमलाई चित्रित गर्दै चलचित्र ‘ह्रस्व दीर्घ’ को फर्स्टलुक सार्वजनिक गरिएको छ। ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको पोष्टरमा उनलाई पण्डित अवतारमा चित्रित गरिएको छ। ढाकाटोपी र निधारमा चन्दन लगाएका ब्रह्मानन्दम दुई पोष्टरमा उनी हर्षित मुद्रामा छन् भने अर्कोमा अचम्मित भावमा प्रस्तुत भएका छन्।
पोष्टर सार्वजनिक संगै चलचित्रको रिलिज मिति पनि तय गरिएको छ।

आगामी बर्षको दशैँ लक्षित गरेर असोज ११ गतेलाई चलचित्रको रिलिज मिति तय गरिएको छ। चन्द्र पन्तको निर्देशनमा तयार भएको नीता ढुंगाना र हरिहर अधिकारीको ड्रिम प्रोजेक्ट कलाकरको कारण नै चर्चामा रहेको छ। यो चलचित्रमा भारतीय र नेपाली स्टार कलाकारको जम्बो टोलि रहेको छ। चलचित्रमा साउथबाट ब्रह्मानन्दमसँगै अली, ‘गजनी’ भिलेन प्रदीप रावत, कबीर दुहान सिंह लगायतको पनि अभिनय छ । नेपाली चलचित्र क्षेत्रबाट नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, सञ्चिता लुईँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ, गरिमा शर्मा लगायतको अभिनय रहेको छ। हरिहर आफैंले कथा लेखेको चलचित्र भारत र नेपालमा गरी दुई चरणमा छायांकन भएको थियो । भारतका छायाँकार कवीरलालले खिचेको चलचित्रको बजेट ४ करोड माथी पुगेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्