कृषा चौलागाईको ‘पिताम्बर’ मा प्रदिप खड्का !


चलचित्र निर्माणमा लामो अनुभव पश्चात कृषा चौलागाईले ‘एैँचो पैँचो’ मार्फत निर्देशनमा हात हालिन्। चर्चाको बिचमा चलचित्रले सोचेजस्तो सफलता हासिल गर्न सकेन। स्वस्तिमा खड्का र बर्षा राउतको कारण चर्चामा रहेको चलचित्रमा मुकुन भुषाल, सुशील सिटौला जस्ता कलाकार रहेका थिए। प्रस्तुतीमा चुक्दा सफलता हासिल गर्न चुकेकी कृषा सोहि कुरालाई मनन गर्दै अर्को चलचित्र निर्देशनमा होमिएकी छिन्।

‘पिताम्बर’ शिर्षक राखिएको चलचित्रको लोकेसन हण्टीङ्गका लागी तराईका बिभिन्न स्ठानमा पुगेकी कृषाको चलचित्रलाई प्रदिप भारद्धाजले लेखेका छन्। छायाँकार पुरुषोत्तम प्रधानको साथ अभिनेता प्रमोद अग्रहरीलाई लिएर कृषाले बिभिन्न स्थानको लोकेसन हेरेकी छिन्।

माघ महिनामा नै केहि सिन खिच्ने तयारी भैरहेको चलचित्रको प्रमुख भूमिकामा प्रदिप खड्का रहनेछन्। चलचित्रको लागी उनले सम्झौता गरिसकेको बुझिएको छ। तर प्रदिपले भने चलचित्रको टीमसंग आइतबार बसेर अन्तिम छलफल पश्चात टुंगो लाग्ने प्रतिक्रिया मिडियामा दिएका छन्।
कृषाले चलचित्रको स्टारकाष्ट बलियो बनाउन खोजेको बुझिएको छ। स्टार कलाकारसंग उनको छलफल र कुराकानी चलिरहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्