‘मोदिबेनी’ बाट कमब्याक गर्दै रेजिना उप्रेती


चलचित्र ‘बरदान’ मा अभिनय गरेपछि रेजिना उप्रेती चलचित्रमा देखिएकी छैनन्। चलचित्र कलाकार संघमा रहेर चलचित्र सम्बन्धित गतिबिधिमा सलग्न भए पनि उनले चलचित्र अभिनय भने गरेकी थिईनन्। अब भने रेजिना चलचित्रमा देखिने भएकी छिन्। ‘मोदिबेनी’ बाट रेजिनाको कमब्याक पक्का भएको हो।

कलाकारको रुपमा अमर प्रताप श्रेष्ठले डेब्यू गर्ने चलचित्रमा रेजिनाले कलाकार दिलीप केसीसँग स्क्रिन शेयर गर्दैछिन् । चलचित्रमा सरोज खनाल, कमलमणी नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ । शंकर कोइरालाले निर्देशन गर्ने चलचित्र डिनेस्ट इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार हुनेछ। पर्वतको मोदीबेनी जिल्लाको कथा बोल्ने चलचित्रले ४० बर्ष पहिले र अहिलेको कथा भन्नेछ। माघको १६ गतेबाट छायांकन जाने चलचित्रलाई उत्सव दाहालले खिच्नेछन्।

प्रतिक्रिया दिनुहोस्