‘राम नाम सत्य’ बाट चलचित्र निर्देशनमा माइकल चन्द


म्युजिक भिडियो निर्देशनमा सफलता हासिल गरेका निर्देशक माइकल चन्द अव चलचित्र निर्देशनमा देखिने भएका छन्। माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण हुने चलचित्र ‘राम नाम सत्य’ बाट उनले चलचित्र निर्देशनमा डेव्यु गर्न लागेका हुन्। चलचित्रको कथा स्वयम् चन्दको रहेको छ।

प्रकाश शाह, उपेन्द्र शाही र राज कटुवालको लगानी रहने चलचित्रको थिम पोष्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोष्टरमा एउटा ठूलो घन्टी र बन्चरोलाई देखाइएको छ भने साथमा, आकृतिमा एक पुरुष दौडिरहेको देख्न सकिन्छ । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने चलचित्र आगामी बर्षबाट सुटिङ्गमा जानेछ। चलचित्रका कलाकार भने सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्