एक्सन चलचित्र निर्देशन गर्दै निश्चल बस्नेत


चलचित्र निर्देशनमा निश्चल बस्नेतले धेरै बर्षको ग्याप लिए। लुट २ पछि झन्डै ७ बर्ष निश्चल चलचित्र अभिनय र म्युजिक भिडियोमा व्यस्त रहे। ७ बर्षपछि ‘दिमाग खराब’ चलचित्र लिएर आएका बस्नेतले दर्शक र समिक्षकको मन जिते। व्यावसयिक हिसाबले पनि सफल बने र आफ्नो निर्देशकीय क्षमता प्रस्तुत गरे।

उनै निश्चल भने अब चलचित्र निर्देशनलाई निरन्तरता दिने तयारीमा रहेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर निश्चलले एक चलचित्र निर्माण/ अभिनय र एक निर्देशनको घोषणा गरेका छन्। ‘बेहुली फ्रम मेघौली’ मा निश्चल र स्वस्तिमा खड्कासंगै देखिदैछन्। यो चलचित्र पश्चात निश्चलले एक्सन चलचित्र निर्देशनको घोषणा गरेका छन्। २०८१ को दशैँ अगाडी एक्सन चलचित्र निर्देशन गर्ने निश्चलले घोषणा गरेका हुन्। राजनैतिक कथाको वरिपरि धेरै चलचित्र निर्माण भैरहेका बेला निश्चलले एक्सन चलचित्र निर्देशनको घोषणा गर्नु आफैमा सुखद कुरा हो।

अभिनय, निर्देशनमा आफुलाई अब्बल साबित गरेका निश्चललाई हाम्रो तर्फबाट जन्मदिनको शुभकामना !

प्रतिक्रिया दिनुहोस्